काठमाडौं :- श्रम संस्कृति पार्टीले बाढीपीडितको सहयोगका लागि १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
पार्टी अध्यक्ष हर्क साम्पाङले आज फेसबुकमार्फत बाढीपीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन्।
साम्पाङले सामाजिक सञ्जालमा पार्टीको तर्फबाट प्रारम्भिक रूपमा उक्त रकम सहयोग गर्ने उल्लेख गरेका छन्।
उनले आगामी दिनमा सञ्चालन हुने राहत तथा साथ अभियानबाट थप रकम जुटाएर बाढीपीडितलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।












