काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनलाई अपमान गर्ने काम तत्काल रोक्न पुराना दलका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
जेनजी सहिद दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले आन्दोलनबारे अझै पनि विभिन्न किसिमका टिप्पणी भइरहेको भन्दै असन्तुष्टि जनाए।
“आन्दोलनलाई अपमान गर्नु तीन करोड नेपालीलाई अपमान गर्नु हो,” भन्दै उनले पुराना दलहरूलाई सुध्रिन आग्रह गरे। इतिहास कसैले व्याख्या गर्दैमा परिवर्तन नहुने उनको भनाइ थियो।
मन्त्री गुरुङले जेनजी पुस्ता सत्ता र शक्तिको लोभमा नभई सुशासनको मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताए। तर, उक्त आन्दोलनमाथि राज्यबाट दमन र गोली प्रहार भएको उनले उल्लेख गरे।












