काठमाडौँ :- रसुवामा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रले आर्थिक सहयोग गर्न थालेको छ। यस अभियानमा गोर्खा ब्रुअरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ प्रदान गरेको हो।
सरकारले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनासम्बन्धी कामलाई एकद्वार प्रणालीमार्फत अघि बढाइरहेको छ। सोही उद्देश्यअनुसार कोषमा प्राप्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझिरहेका छन्। गोर्खा ब्रुअरीले पनि आफ्नो तर्फबाट १० करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।












