काठमाडौं :- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारको प्रभाव र जनतामा रहेको विश्वास घट्दै गएको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले समाजमा अराजकता, अस्थिरता, हत्या, हिंसा र बलात्कारका घटना बढ्दै गएको बताए। विभिन्न आन्दोलन तथा सामाजिक समस्याले जनतालाई दुःख दिइरहेको उल्लेख गर्दै उनले सरकारको प्रभावकारितामाथि प्रश्न उठाए।












