काठमाडाैं :- भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा उत्पन्न संकटको व्यवस्थापनबारे प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बिहान उनले प्रधान सेनापति अशोकराज सिग्देलसँग खोजी, उद्धार, राहत र व्यवस्थापनका विषयमा जानकारी लिएका थिए।
त्यसपछि सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ भएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग भने प्रधानमन्त्रीले आजै ब्रिफिङ लिने तयारी गरेका छन्।












