काठमाडौँ :- भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये २४४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।
फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार अस्पतालमा ल्याइएका शवमध्ये १६१ को अस्थायी व्यवस्थापन गरिएको छ भने २४ शवको पहिचान भएपछि परिवार तथा आफन्तलाई जिम्मा लगाइएको छ।
हाल ५९ शव अस्पतालमै छन्। पोस्टमार्टम गर्न बाँकी रहेका शवको आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।












