काठमाडौं :- मधेश प्रदेश सरकारले प्रदेशको शान्तिसुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण गरेको छ।
प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका सवारीसाधन सोमबार प्रहरीलाई प्रदान गरिएको हो। मन्त्री फकिरा महतोका अनुसार प्रदेशका आठ जिल्ला प्रहरी कार्यालय र चार इलाका प्रहरी कार्यालयलाई एक–एक वटा पिकअप जिप उपलब्ध गराइएको छ।












