काठमाडौं :- नेपालसँग सीमा जोडिएको तिब्बतको केरुङ क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको चिनियाँ प्रधानमन्त्री लि छियाङले स्थलगत निरीक्षण गरेका छन्।
बुधबार आएको विनाशकारी बाढीपहिरोपछि प्रधानमन्त्री लि बिहीबार ग्याइरोङ क्षेत्र पुगेका हुन्। उनी राष्ट्रपति सी चिनफिङपछि चीनका दोस्रो वरिष्ठ नेता हुन्।
बाढीपहिरोले सबैभन्दा बढी प्रभावित केरुङ नाकामा पहिलो चिनियाँ आपत्कालीन उद्धार टोली पनि बिहीबार नै पुगेको छ। सडक सञ्जाल पहिरोका कारण अवरुद्ध हुनुका साथै मौसम प्रतिकूल रहेकाले विपद् आएको करिब २२ घण्टापछि मात्र उद्धार टोली प्रभावित क्षेत्रको मुख्य भागसम्म पुग्न सकेको बताइएको छ।












