संखुवासभा :- संखुवासभामा एक महिनामा ११ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामै ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
आपराधिक घटनाका फरार प्रतिवादीलाई खोजी तथा पक्राउ तीव्र पार्ने क्रममा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई २२ वर्ष दुई महिना २३ दिन कैद सजाय तोकिएको थियो । साथै, उनीहरूबाट दुई करोड नौ लाख १९ हजार ९ सय ४९ रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।












