काठमाडौं :- लगातार ६ कारोबार दिन ओरालो लागेको नेप्से परिसूचक मंगलबार भने ९.२४ अंकले बढेको छ। बजार परिसूचक ९.२४ अंकले उकालो लागेर २,५२२.६६ विन्दुमा पुगेको हो।
मंगलबार ३४१ वटा धितोपत्रका ७६ लाख १३ हजार ६८१ कित्ता सेयर २ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएका छन्। कारोबार भएका कम्पनीमध्ये १८१ वटाको सेयर मूल्य बढ्दा ८४ वटाको घटेको छ भने १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।
माथिल्लो मैलुङ खोला जलविद्युतको मूल्य सर्वाधिक ७.१५ प्रतिशतले बढेको छ।












