काठमाडौं :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित ९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
मनोनीत हुनेमा सुधन गुरुङ, सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, निवर्तमान महामन्त्री भूपदेव शाह, बसुमाया तामाङ, डा. भक्तबहादुर राई, सुरेन्द्र चौधरी, मनोहर प्रधान र पुरुषोत्तम यादव रहेका छन्।
बैठकले विभिन्न विभागका प्रमुखसमेत तोकेको छ। संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी र अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभाग प्रमुखमा परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाललाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, अर्थ विभाग प्रमुखमा लीमा अधिकारीलाई मनोनीत गरिएको छ।












