स्याङ्जा :- स्याङ्जाको चापाकोट–१ मा वडाध्यक्षमाथि मोबिल छ्यापेको आरोपमा वडा सदस्य सन्तोष थापा मगर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ३१ वर्षीय थापा मगरलाई मंगलबार वडा कार्यालय परिसरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार उनले दिउँसो करिब १ बजे वडाध्यक्ष भुपराज वस्तीको शरीरमा मोबिल छ्यापेका थिए। घटनाबारे थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।












