काठमाडौं :- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ।
नेपाली सेनाका अनुसार खोजीका क्रममा जालीभित्र अल्झिएको र हिलोमा दबिएको अवस्थामा ११ वटा शव फेला परेका हुन्।
घटनास्थलमा थप खोजी तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।












