काठमाडौं :- काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ स्थित तारेभिरको जंगलमा ओखर जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार साँझ जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले जुवाको खालबाट १ लाख ८ हजार ४ सय रुपैयाँ नगद र १४ थान ओखर बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












