लमजुङ :- पहिरोका कारण बुधबार बिहानदेखि अवरुद्ध बेँसीसहर–चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ।
मनाङको नासोँ गाउँपालिका–३ खोत्रेमा खसेको पहिरोसँगै आएका ठूला ढुङ्गा नेपाली सेनाले बम विस्फोट गराएर हटाएपछि शुक्रबार बिहानदेखि सडक सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले जनाएको छ।
सडक खुलेसँगै साना सवारीसाधन सञ्चालनमा आएका छन् भने ठूला सवारीसाधन सञ्चालनमा आउन अझै केही समय लाग्ने आयोजनाले जनाएको छ। करिब ६५ किलोमिटर लामो यो सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य मार्ग हो।












