काठमाडौँ :- सरकारले जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको घटनाको स्मरणमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।












