काठमाडौँ :- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन्।
भट्टराईले सोमबार कोषमा रकम जम्मा गरेका हुन्। उनले राष्ट्रिय विपत्तिको समयमा आफूले सकेको सहयोग गर्न सबैलाई आग्रह गर्दै सहयोग रकम जम्मा गरेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेपछि प्रभावितको उद्धार र राहतका लागि विभिन्न क्षेत्रबाट सहयोग घोषणा भइरहेको छ।












