पर्सा :- पर्साको पकहाँ मैनपुर गाउँपालिका–१ धोरेबाट प्रहरीले ११४ किलो २५ ग्राम लागुऔषध गाँजा बरामद गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त टोलीले सेतो रङको निशान कार चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको हो।
कारको पछाडिको डिकीमा १२ वटा पोका बनाएर राखिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। गाँजासहित धादिङका २१ वर्षीय साजन चेपाङलाई पक्राउ गरी कारसमेत नियन्त्रणमा लिइएको छ।












