काठमाडौँ :- सशस्त्र प्रहरी बलले सिराहाको सीमा क्षेत्रबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।
औरही गाउँपालिका–४ इटाटारस्थित नेपाल–भारत सीमा नजिकैबाट गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीले १ क्विन्टल ५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको हो।
राति करिब १ः३५ बजे केही व्यक्तिले नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा प्रहरी टोली पुगेपछि उनीहरू गाँजा छाडेर भागेको प्रहरीले जनाएको छ।
प्रहरीले प्लास्टिकमा प्याक गरी कपडाले बाँधिएका आठ वटा पोका नियन्त्रणमा लिएको थियो। बरामद गाँजा थप अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायलाई बुझाउने तयारी भइरहेको छ।












