काठमाडौं :- भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिबारे प्रतिनिधिसभामा आज विशेष प्रस्ताव प्रस्तुत हुने भएको छ।
संसद् सचिवालयका अनुसार दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन तथा गोरखाका त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति भएको थियो। घटनामा कैयौँ नागरिकको मृत्यु हुनुका साथै धेरै जना बेपत्ता भएका छन्।
सभामुखले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नेछन्।












