काठमाडौँ :- अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष टोली एकदिवसीय श्रृङ्खलाको अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’सँग दुई विकेटले पराजित भएको छ। यससँगै नेपाल ‘ए’ले श्रृङ्खलाका तीनवटै खेल गुमाएको छ।
मरारा क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २११ रनको योगफल तयार पारेको थियो। पवन सर्राफले ५९ रनको अर्धशतक बनाए भने लोकेश बम ४७ रनमा आउट भए।
नेपालले दिएको २१२ रनको लक्ष्य न्युजिल्यान्ड ‘ए’ले ४९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो। उसका राइस मारिउले १३७ रन बनाए। नेपालका लागि रिजन ढकाल, युवराज खत्री र साहब आलमले दुई–दुई विकेट लिए।












