ट्रेन्डिङ

रास्वपाको दुईदिने ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

पहिरो हटाएपछि बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा

गरिमा चौधरी हत्या प्रकरणमा प्रचण्ड : ‘राज्य र न्याय प्रणालीमाथि गम्भीर प्रश्न’

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

दर्ता भएन देउवा पक्षको रिट

वागमतीका मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिँदै

पेटभित्र लुकाएर ल्याएको १५० ग्राम सुनजस्तो धातुसहित बंगलादेशी नागरिक पक्राउ

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

रास्वपामा ९ जना केन्द्रीय सदस्य मनोनीत, विभिन्न विभागको जिम्मेवारी पनि तोकियो

जेसीबी मेसिन रोडबाट तल खस्दा चालकको मृत्यु

११ जना फरार प्रतिवादी पक्राउ

बागमतीका मुख्यमन्त्री थापामगरले गरे ६ मन्त्री नियुक्त

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र गृहलक्ष्मीको इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउनु हुँदैन: सेढाई

भारतीय प्रधानसेनापति धिरज सेठ नेपालमा

लागुऔषध मुद्दामा दोषी एक व्यक्ति पक्राउ

समाज बुझ्न र जनता सुन्न युवाहरूलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

बजारमा अनारको भाउ घट्यो

कम्युनिस्टको शक्ति क्षयीकरण भयो : महासचिव पोखरेल

कास्कीका किसानलाई दूध उत्पादनमा २ करोड २० लाख प्रोत्साहन अनुदान

नुवाकोटमा बस र ईभी भ्यान दुर्घटना, २ जनाको मृत्यु, ३ घाइते

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमाका लागि ओपिडी टिकट काउन्टर थप

स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई राष्ट्र निर्माणमा जोड्छौँ : मन्त्री यादव

देउवाको स्वदेश आगमनसँगै कांग्रेस एकताबद्ध हुने रमेश लेखकको विश्वास

इन्डोनेसियामा खाना विषाक्तताबाट २६९ विद्यार्थी अस्पताल भर्ना

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला सुरु

वर्षमान पुनले बाढी–पहिरोपीडितलाई एक महिनाको तलब दिने

भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा ल्याउन सरकारको छलफल तीव्र

अदालत जान डराउँदिनँ, कानुनको सामना गर्छु : शेरबहादुर देउवा

करको दायरा फराकिलो बनाएर मुलुकको आम्दानी बढाउने नीति लिएका छौँ : अर्थमन्त्री

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहद्वारा राजीनामाको घोषणा

खाना पकाउने ग्याँसको अभावप्रति राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण

झापामा जेई सङ्क्रमण पुष्टि भएका नौमध्ये पाँच जनाको मृत्यु

रोल्पा पहिरोमा बेपत्ता तीनजनाको शव प्युठानमा फेला

भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश

धनुषामा १७ वर्षीया किशोरी घरकै कोठामा मृत फेला

‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्नुपर्‍यो’

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीले दिए राजीनामा

ओली र प्रचण्डले गरे मोहनविक्रमसँग दुई बुँदे सहमति

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम घट्यो

ग्यास अभावबारे राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा सरकारको ध्यानाकर्षण

जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता

सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र सभामुख डिपी अर्यालबीच भेटवार्ता

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

एकैदिन ६ हजार ४०० सयले बढ्यो सुनको भाउ

राष्ट्रिय अनुसन्धान ब्युरोलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने विधेयक पारित

संवैधानिक पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच छलफल

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

इन्डोनेसियाको ब्रोमो राष्ट्रिय निकुञ्जमा डढेलो, पर्यटक प्रवेशमा रोक

रास्वपाका मन्त्रीले महिनामा एकपटक पार्टी कार्यालयमै नागरिकका गुनासा सुन्नुपर्ने

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

न्यायपूर्ण प्रतिनिधित्व र सम्मानपूर्ण सहभागिताले सुदृढ राष्ट्र निर्माण हुन्छ : संयोजक प्रचण्ड

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत भेटिए

रवि लामिछाने : धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्छ

सांसदको प्रश्न- निर्मलाले कहिले न्याय पाउँछिन्? गृहमन्त्रीको जवाफ- यसको उत्तर दिन चाहान्न

बाँकेमा थपिए ३ हजार ७७६ नयाँ मतदाता

आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त

सरकारले नयाँ तलबमान सार्वजनिक, साउनदेखि लागू

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पताल बन्ने

त्रिभुवन विश्वविद्यालयका सेवा अनलाइन प्रणालीमार्फत प्रभावकारी बनाइने

नेता थपलिया अस्पतालमा भर्ना

शैक्षिक परामर्श सम्बन्धी निर्देशिका, २०७३ खारेज

महोत्तरीमा स्कुल बस दुर्घटना, पाँच विद्यार्थीसहित ६ जना घाइते

प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

कास्की प्रशासनद्वारा ग्यास आपूर्ति सहज बनाउन पहल, कालोबजारी रोक्न अनुगमन तीव्र

सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : एमाले

सबै पालिकामा ‘मिसन पार्टी जागरण’ अभियान सुरु गर्न शंकर पोखरेलको निर्देशन

सिन्धुलीमा सुनकोशीमा कार खस्दा चालकसहित तीन जना बेपत्ता

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

अखिल काभ्रेमा गुटीय राजनीति तिब्र, विस्तारित भेला स्थगितसँगै पुरानो विवाद फेरि बल्जियो ।

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह

राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंक कारबाहीमा, प्रभु बैंकका तत्कालीन सीईओलाई जरिवाना

मध्यपूर्वको युद्ध तत्काल रोक्न संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको आग्रह

सामाजिक सद्भाव बिथोल्ने सामग्री पोस्ट गरेको आरोपमा सिरहा र धनुषाबाट ८ जना पक्राउ

तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

सुनसरीको अवस्था नियन्त्रणमा सरकार योजनाबद्ध रूपमा लागिरहेको छ : प्रधानमन्त्री बालेन शाह

राहदानी छपाइ ठेक्का प्रकरणका सिद्धार्थ थापा साधारण तारेखमा रिहा

राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली, परिवारजनप्रति समवेदना

स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल, सामाजिक सद्भाव कायम राख्न अपिल

मानब बेचबिखन बिरुद्दको अभियानमा इन्स्पेक्टर प्रसान्तको अभियान

दोस्रो श्रीमतीमार्फत लागुऔषध कारोबार गराउने फरार कृष्ण यादव पुनः पक्राउ

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु, बढ्दो तनावपछि प्रशासनको निर्णय

सुनसरी घटनालाई लिएर एमालेको माग: प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ

मन्त्रिपरिषद्का ४ निर्णय: चार विधेयक संसद्मा पेश गर्न स्वीकृति

नेपालमा बाघको संख्या ४२९ पुग्यो

रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनीत

चिकित्सा शिक्षा आयोगको रु ६ अर्ब ५५ करोडभन्दा बढीको बजेट स्वीकृत

नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेट, सुनसरी घटनापछि विकसित अवस्थाबारे छलफल

सभामुख अर्याल र नेता आङ्देम्बेबीच भेटवार्ता

पीओजेकेमा प्रदर्शनकारीमाथि गोली चलेको दाबी, १४ जनाको मृत्यु भएको आन्दोलनकारीहरूको भनाइ

विराटनगर यातायात कार्यालयले एक वर्षमा झण्डै रु ४९ करोड राजस्व सङ्कलन

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’

मेरो पहिलो निर्णय यथार्थमा परिणत भयो : झलनाथ खनाल

चिकित्सकमाथि आक्रमणको विरोधमा चितवनका अस्पतालको ओपीडी बन्द, ११ हजारभन्दा बढी बिरामी प्रभावित

ढुङ्गाले लागेर एक जनाको मृत्यु

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं :- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत् खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

कोशी प्रदेशको भ्रमणका क्रममा नेपाल विद्युत् प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख, कर्मचारी, जनप्रतिनिधिलगायत सरोकार भएका निकायका प्रतिनिधिसँग आज छलफल गर्दै उनले विद्युत् आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्रदेशको विद्युत् वितरण प्रणालीको वर्तमान अवस्था, उपलब्धि र आगामी कार्यदिशाबारे आयोजित अन्तरक्रियामा मन्त्री श्रेष्ठले नागरिकले नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पाउने वातावरण बनाउन प्राधिकरणका कर्मचारीले विगतभन्दा अझ बढी मेहनत गर्नुपर्ने बताए । विद्युत् आपूर्तिमा समस्या देखिएलगत्तै समाधान गर्ने र गुनासो प्राप्त भएपछि ढिलाइ नगरी सम्बोधन गर्ने प्रणाली विकास गर्न निर्देशन दिँदै उनले समयमै सूचना प्रवाह र प्रभावकारी गुनासो व्यवस्थापनले नागरिकको विश्वास बढाउने बताए।

मन्त्री श्रेष्ठले वितरण केन्द्रले स्थानीय आवश्यकता र समस्याका आधारमा अघि सारेका रचनात्मक योजना तथा प्रस्तावलाई प्रादेशिक कार्यालयमार्फत प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए। योजना, बजेट र पूर्वाधार निर्माणको उपलब्धिभन्दा नागरिकले प्राप्त गरेको सेवाको गुणस्तरलाई कामको वास्तविक मूल्यांकनको आधार बनाउनुपर्ने उनको भनाइ छ ।

सरकारले चालु आर्थिक वर्षमा प्रसारण तथा वितरण प्रणाली सुधारका लागि पर्याप्त बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनका लागि सुरुदेखि स्पष्ट योजना बनाएर काम अघि बढाउन निर्देशन दिए। आर्थिक वर्षको अन्त्यमा मात्रै प्रगति खोज्नेभन्दा अहिलेबाटै आयोजना तथा कार्यक्रम कार्यान्वयनलाई गति दिनुपर्ने उनले बताएको सचिवालयले जनाएको छ ।

औद्योगिक तथा व्यावसायिक गतिविधिका दृष्टिले महत्त्वपूर्ण कोशी प्रदेशमा विद्युत् खपत बढाउने पर्याप्त सम्भावना रहेकाले उद्योग, व्यवसाय तथा अन्य क्षेत्रमा विद्युत् उपयोग विस्तारका लागि विशेष कार्यक्रम बनाउनुपर्ने ऊर्जा मन्त्री श्रेष्ठको भनाइ छ । कोशीमा विद्युत् चुहावट नियन्त्रणमा भएको प्रगतिलाई सकारात्मक उपलब्धिका रूपमा उल्लेख गर्दै उनले प्रसारण तथा वितरण पूर्वाधारसँग सम्बन्धित समस्या समाधानका लागि जनप्रतिनिधि र स्थानीय तहसँग सहकार्य बढाउनुपर्ने सुझाव दिए।

प्राधिकरणमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा विकेन्द्रीकरणको अभ्यास सुरु गरिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले प्रादेशिक कार्यालयले प्राप्त अधिकार, जिम्मेवारी र स्रोतको अधिकतम उपयोग गर्नुपर्ने बताए। अधिकारसँगै जिम्मेवारी पनि बढेकाले त्यसको परिणाम नागरिकले महसुस गर्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए।

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले वितरण प्रणालीमा लक्षित सुधार गर्न सके दिगो र गुणस्तरीय विद्युत् सेवा प्रवाहमा उल्लेख्य परिणाम हासिल गर्न सकिने बताए। चुहावट नियन्त्रणमा कोशी प्रदेशले गरेको सुधारलाई सेवा प्रवाहमा समेत रूपान्तरण गर्नुपर्ने उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले नागरिकको अपेक्षा उच्च रहेकाले प्राधिकरणले कार्यसम्पादनको स्तर अझमाथि उठाउनुपर्ने बताए । नागरिकले सेवा प्रवाहलाई विद्युत् कटौती र आपूर्तिको नियमितताका आधारमा मूल्यांकन गर्ने भएकाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने उनले सुझाव दिए।

प्राधिकरणका उपकार्यकारी निर्देशक एवं वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले वितरण पूर्वाधार विस्तारसँगै नागरिकले प्राप्त गर्ने सेवाको गुणस्तरलाई केन्द्रमा राख्नुपर्ने बताए औद्योगिक तथा घरायसी क्षेत्रमा उच्च विद्युत् खपत गर्ने प्रदेश भए पनि कोशीमा विद्युत् खपत अझै बढाउन सकिने सम्भावना रहेको उनले बताए।

प्राधिकरणको कोशी प्रादेशिक कार्यालयका प्रमुख कमल आचार्यका अनुसार प्रदेशका १४ जिल्लाका २४ वितरण शाखामार्फत ११ लाख ३७ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराइएको छ । गत आर्थिक वर्षमा प्रदेशमा दुई हजार ४८ दशमलव ४१ गिगावाट घण्टा विद्युत् बिक्री गरिएकामा रु १९ अर्ब २१ करोड आम्दानी भएको उनले जानकारी दिए। प्रदेशमा विद्युत् चुहावट ११ दशमलव २१ प्रतिशतमा झरेको उनले जानकारी दिए।

कोशी प्रादेशिक कार्यालयअन्तर्गत तीन महत्त्वपूर्ण सबस्टेसन निर्माणाधीन रहेको बताउँदै प्रमुख आचार्यले मोरङको लेटाङमा पोलमाउन्टेन प्रविधिको सबस्टेसन निर्माण सम्पन्न भएको जानकारी दिए ।

छलफलमा मोरङ र सुनसरीबाट प्रतिनिधित्व गर्ने सांसद दीपक साह, सिर्जना श्रेष्ठ, रुबिना आचार्यलगायतले जनअपेक्षाअनुसार विद्युत् सेवा प्रवाहमा सुधार गर्न सुझाव दिए। उनीहरूले स्थानीयस्तरमा देखिएका विद्युत् आपूर्ति तथा पूर्वाधारसम्बन्धी समस्या तत्काल सम्बोधन गर्दै नागरिकलाई सहज, सुलभ, नियमित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले चर्चामा रहेको इनरुवालाई विद्युतको ‘हब’का रूपमा विकास गर्न सकिने उल्लेख गर्दै पूर्वी क्षेत्रमा देखिएका विद्युत् समस्या समाधान तथा प्रसारण प्रणालीमा सुधार गरिने जानकारी दिए। उनले विद्युत् निर्यातसँगै देशभित्रै खपत बढाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

सुनसरी९मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज बनाउनुका साथै सुनसरी खोलाबाट हुने बाढीको जोखिम न्यूनीकरण र विद्युत् भारत निर्यातका लागि आवश्यक पूर्वाधार विकासमा समेत सरकारले काम गरिरहेको उनको भनाइ छ । भोक्राहा सबस्टेसन तथा सुनसरी खोलाको स्थलगत निरीक्षणका क्रममा उनले पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति, प्रसारण लाइन तथा अन्य विद्युत् पूर्वाधारको अवस्थाबारे जानकारी लिएका थिए ।

मन्त्री श्रेष्ठले भने, “विद्युत् आपूर्तिमा देखिएका समस्यालाई प्राथमिकताका आधारमा क्रमशः समाधान गर्दै लगिनुका साथै आवश्यक रणनीति निर्माण गर्नु जरुरी छ । साथै नीतिगत सुधार गर्नुपर्ने भएमा सोका लागि प्रभावकारी रूपमा पहल गर्दै जानेछौँ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय