हेटौँडा :- वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आगामी भदौ ७ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै भदौ ७ गते आइतबार दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाएको जनाएको छ। उक्त बैठकको मुख्य कार्यसूचीमा मुख्यमन्त्री थापामगरले विश्वासको मत लिने प्रस्ताव रहेको सचिवालयले जनाएको छ।
एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६३ सांसदको समर्थनमा थापामगर मुख्यमन्त्री बनेका हुन्। १०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भदौ ४ गते थापामगरलाई वागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए।












