काठमाडौँ :- रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका सञ्जय साह र कविर महर्जनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
भोटेकोसी नदीमा आएको बाढीपछि सुरुङभित्र फसेका उनीहरूलाई भदौ १९ गते बिहान नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले जीवितै उद्धार गरेको हो।
उद्धार गरिएका दुवै जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको नेपाली सेनाले जानकारी दिएको छ।












