काठमाडौँ । नेपाल–चीन सीमावर्ती क्षेत्रमा बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङले निर्देशन दिएका छन्।
सिन्ह्वालाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सीले उद्धार टोलीलाई आफ्नो पूर्ण क्षमता प्रयोग गरेर खोज तथा उद्धार कार्यमा खटिन निर्देशन दिएका हुन्।
बाढीपहिरोका कारण सिजाङ स्वायत्त क्षेत्रको केरुङ नाकामा क्षति पुगेको र सीमा क्षेत्रको चिनियाँ बन्दरगाहमा ठूलो जनधनको क्षति भएको समाचारमा उल्लेख छ।












