काठमाडौं :- बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल बानेश्वर–१० बस्ने २७ वर्षीय राज कठायतलाई प्रहरीले पक्राउ गरेको हो।
मंगलबार बिहान सडकबाट जथाभावी बाटो काट्न खोजेपछि महिला प्रहरी जवानले कठायतलाई आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। त्यस क्रममा उनले प्रहरीमाथि हातपात गरेको प्रहरीको भनाइ छ।












