काठमाडौं :- राष्ट्रिय स्वतन्त्र पार्टीले प्राकृतिक विपद्पछिको खोज तथा उद्धार र राहत वितरणमा सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ।
प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीले तत्काल उद्धार तथा राहतका साथै प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्स्थापनामा समेत सरकारलाई सहयोग गर्नेछ।
राहत सामग्री कम्तीमा ७२ घण्टाभित्र प्रभावित नागरिकसम्म पुर्याउनुपर्नेमा जोड दिँदै उनले राहत वितरणलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र तयारी भइरहेको बताए।












