काठमाडौँ :- सभामुख डोलप्रसाद अर्यालले विपद् प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।
हालै आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धार, राहत वितरण र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सभामुखले उक्त निर्णय गरेको प्रमुख स्वकीय सचिव मुना कुवरले जानकारी दिइन्।
सरकारको निर्णयअनुसार संघीय संसद् सचिवालय र सभामुखको सचिवालयका कर्मचारीहरूको पारिश्रमिकबाट समेत रकम कट्टा गरी कोषमा जम्मा गरिनेछ।












