काठमाडौं :- एमाले अध्यक्ष केपी शर्मा ओलीले रसुवामा बाढीपहिरो र डुबानबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पार्टीको तर्फबाट कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गर्ने घोषणा गरेका छन्।
सोमबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले विपद् व्यवस्थापनका लागि केन्द्रीय तहबाटै कोष परिचालन गरिने बताए। सो अवसरमा एमालेका बागमती प्रदेश र राजधानी विशेष प्रदेश कमिटीले १०–१० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।
ओलीले राहत रकम पीडितसमक्ष छिटो पुग्ने व्यवस्था गर्नुपर्ने बताउँदै सरकारी प्रक्रियाका कारण राहत वितरणमा ढिलाइ हुन नहुने धारणा राखे।












