रसुवा :- रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस फसेको आशंकामा नेपाली सेनाले गरेको खोजीमा कुनै व्यक्ति फेला परेको छैन।
भोटेकोशी नदीमा आएको बाढीपछि सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंका गरिएको थियो। त्यसपछि सेनाको नेतृत्वमा इन्जिनियर र ड्रोन टोली परिचालन गरिएको थियो।
उद्धार टोली सुरुङको अन्तिम बिन्दुसम्म पुगेर ड्रोनको सहायताले समेत खोजी गरेको थियो। तर, कतै पनि मानवीय उपस्थिति नभेटिएपछि टोलीले खोजी कार्य सम्पन्न गरी धुन्चे फर्किएको छ।












