काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीको प्रभाव नुवाकोटसम्म परेको छ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार बाढीका कारण नुवाकोटको त्रिशूली, बेत्रावती र बट्टारलगायत क्षेत्रमा क्षति पुगेको छ।
रसुवाको टिमुरे र स्याफ्रुबेसीमा समेत बाढीले क्षति पुर्याएको उनले प्रतिनिधिसभाको बैठकमा जानकारी दिए। तिब्बती क्षेत्रमा गएको भूकम्पपछि हिमपहिरो झरेर बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको उनले बताए।












