सुर्खेत । कर्णाली प्रदेशमा नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले मिलन खड्का, कल्याणी खड्का र जुम्कित लामालाई शपथ खुवाएका हुन्।
मिलन खड्काले भौतिक पूर्वाधार तथा सहरी विकास, कल्याणी खड्काले उद्योग, पर्यटन, वन तथा वातावरण र जुम्कित लामाले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।
तीनै जना नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट समानुपातिक कोटामा सांसद बनेका हुन्।












