हेटौंडा : मकवानपुरको हेटौंडा–१९ बस्तीपुरमा राप्ती खोलाले बगाउँदा ७० वर्षीय बलबहादुर रुम्बाको मृत्यु भएको छ।
मनहरी गाउँपालिका–४ मसिनेका रुम्बालाई आज बिहान सवा ७ बजे खोलाले बगाएको थियो। घटनाबारे जानकारी पाएपछि नेवारपानीबाट प्रहरी टोली तत्काल खोजीमा खटिएको थियो।
प्रहरीका अनुसार खोजी गर्ने क्रममा बस्तीपुर पुलबाट करिब ५०० मिटर तल राप्ती खोलामा रुम्बाको शव फेला परेको हो।
शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












