काठमाडौँ :- त्रिशूली–३ ‘ए’को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार हुनुलाई गृहमन्त्री सुधन गुरुङले आशाको महत्वपूर्ण संकेतका रूपमा लिएका छन्।
गुरुङले निरन्तरको कठिन चुनौतीका बीच उद्धार अभियानमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमान्ड सेन्टरका टोलीलाई धन्यवाद दिएका छन्।
उनका अनुसार उद्धार कार्य अझै रोकिएको छैन। सबै सुरुङमा उद्धार टोलीहरू निरन्तर परिचालित छन्। उनले सागर ढकाल र श्रीराम न्यौपानेको निरन्तर प्रयासको समेत उच्च कदर गरेका छन्।












