काठमाडौँ :- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा तत्काल परिचालन गर्ने गरी ५ करोड रुपैयाँ बराबरको सहयोग घोषणा गरेको छ।
संघले उपलब्ध गराउने सहयोग प्रभावित परिवारलाई राहत वितरण, उद्धार तथा आवश्यक अन्य सहायता उपलब्ध गराउन प्रयोग गरिने जनाएको छ।
रसुवाको बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कामलाई व्यवस्थित बनाउन अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा मूल समिति गठन गरिएको छ।
त्यसैगरी, आर्थिक स्रोत व्यवस्थापनका लागि कोषाध्यक्ष कृष्ण तिमल्सिनाको नेतृत्वमा सहयोग संकलन समिति गठन गरिएको छ। प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन मेडिकल टोली र स्वयंसेवक खटाउने निर्णयसमेत एनआरएनएले गरेको छ।












