काठमाडौं :- श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री मुस्ताङ जानुको कारणबारे प्रश्न उठाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको निजी जीवन नहुने भन्दै मन्त्रिपरिषद् र संसदलाई जानकारी नदिई मुस्ताङ गएको भए त्यसबारे सदनलाई जानकारी दिनुपर्ने माग गरे। प्रधानमन्त्री मुस्ताङमा केका लागि गएको हो भन्नेबारे सदनमा जवाफ दिनुपर्ने उनको भनाइ छ।












