काठमाडौं :- आज सुनको मूल्यले थप वृद्धि भएको छ। महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ७ हजार ६ सय रुपैयाँ महँगिएको हो।
बढेको मूल्यअनुसार आज सुन ३ लाख ४ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। चाँदी पनि प्रतितोला १४५ रुपैयाँ बढेर ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ।












