काठमाडौं :- राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच शीतलनिवासमा भेटवार्ता भएको छ।
भेटमा लामिछानेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका उद्धार र राहतका गतिविधिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्।
लामिछानेले यसअघि आजै प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी सरकारले गरिरहेको उद्धार, राहत तथा व्यवस्थापनका कामबारे जानकारी लिएका थिए।












