ट्रेन्डिङ

नेपाल र भारतबीच आठवटा समझदारीपत्रमा हस्ताक्षर

चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा पुनर्विचार आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल–भारतबीचको विश्वास हिमालझैं अग्लो र सहकार्य नदीझैं अविरल बगिरहोस् भन्ने कामना

बैंकिङ कसुरको अनुसन्धानमा तानिए पूर्वमुख्यमन्त्री बानियाँ

प्रधानमन्त्री बालेन शाहसँग भेट गर्न भारतीय विदेशमन्त्री जयशंकर होटलमै पुगे

प्रधानमन्त्री शाहलाई नयाँदिल्ली विमानस्थलमा स्वागत

र्सामा अपराध नियन्त्रण अभियान तीव्र, कात्तिकमा १२२ जना पक्राउ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ आज

प्रधानमन्त्री शाहको भारत भ्रमण आजदेखि, मोदी र मुर्मूसँग भेटवार्ता हुने

दुई जिल्लामा प्रहरीको छापा, जुवाखालबाट २६ जना पक्राउ

निर्वाचन आयोगले प्रस्ताव गर्‍यो स्थानीय र प्रदेश निर्वाचनको मिति

आईएमएफबाट १०७ मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार

आगामी वैशाखमा स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिँदै, निर्वाचन आयोगले थाल्यो तयारी

रुबीभ्यालीमा मध्यराति जिप दुर्घटना, एक महिलाको घटनास्थलमै मृत्यु

प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे आज सरकारको छलफल

दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

कलाकार सर्विन बोगटी पक्राउ, सात दिन म्याद थप

सेयर बजारमा गिरावट, नेप्से ११.०५ अंकले घट्यो

रौतहटको सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद

एनपीएल इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज भिड्दै

पूर्वआईजीपी दानबहादुर कार्कीको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै

जेलमा इमरान खानलाई यातना दिइएको छ, तत्काल उपचार नगरिए ज्यान जोखिममा पर्ने छोराहरूको चेतावनी

सुशासन कायम गरेरै १५ खर्ब ८० अर्ब राजस्व संकलनको लक्ष्य पूरा गर्छौँ : अर्थमन्त्री वाग्ले

कुनै पनि बेला आन्दोलनमा जानुपर्ने हुन सक्छ, मानसिक रूपमा तयार रहन ओलीको निर्देशन

सुनचाँदीको मूल्य घट्यो

आजदेखि काठमाडौँ उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू, बिना इजाजत मासु पसल सञ्चालन गर्न नपाइने

अपराध अनुसन्धानमा आधुनिक प्रविधि र वैज्ञानिक पद्धति अपरिहार्य : आईजीपी केसी

एमालेको राष्ट्रिय भेलामा ३ हजार ४१४ जना सहभागी हुने, ओली र पूर्वराष्ट्रपति भण्डारीले सम्बोधन गर्ने

विवादमा परेको फिल्म ‘पाँच पाण्डव’ १२ हजारभन्दा बढी दर्शकले हेरे

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष शपथ ग्रहण

छठघाटमा एक्लै बसेका वृद्धको शंकास्पद मृत्यु, गालामा चोट र रगत

सहिदहरूको सपना साकार पार्न सबैले संकल्प गर्नुपर्छ : सभामुख अर्याल

सुनको मूल्य घट्यो

त्रिभुवन विमानस्थलबाट ३ किलो ५०० ग्राम थाई गाँजासहित भारतीय युवक पक्राउ

चलचित्र ‘ककाकिकी’को प्रचारात्मक प्रस्तुतिबाट दर्शकमा भ्रम सिर्जना भएपछि कलाकार मनोज गजुरेलले मागे माफी

खुकुरी देखाउँदै अश्लील र डरत्रास फैलाउने टिकटक भिडियो पोस्ट गर्ने २१ वर्षीय युवक पक्राउ

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

एनपीएलको पहिलो खेलमा कर्णाली याक्सले रोज्यो ब्याटिङ

दीपेन्द्रको ६० रनको मद्दतमा सुदूरपश्चिमले काठमाडौंसामु राख्यो १२६ रनको लक्ष्य

सुदूरपश्चिमका कप्तान दीपेन्द्रको ब्याटिङमा अर्को अर्धशतक

नेपाल–कतार सम्बन्ध थप विस्तार गर्ने विषयमा सञ्चारमन्त्री तिमिल्सिनाको छलफल

सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजार ६०० रुपैयाँ सस्तियो

रास्वपा सांसदहरूको चीन भ्रमणबारे प्रधानमन्त्री बालेन शाहसँग छलफल

दैलेखमा एकै परिवारमाथि धारिलो हतियार प्रहार, ४५ वर्षीया महिलाको मृत्यु

सुन प्रतितोला २ लाख ८३ हजार, चाँदी ३ हजार ८१० रुपैयाँमा कारोबार

‘अँध्यारोलाई सरापेर होइन, आफैँ दीप बनेर उज्यालो फैलाउनुपर्छ’ : कुलमान घिसिङ

तरकारी बोकेको पिकअपसँग मोटरसाइकल ठोक्किँदा हेटौँडाका युवकको ज्यान गयो

तिहारमा विद्युत् आपूर्तिको विशेष तयारी, लक्ष्मीपूजामा २ हजार ५०० मेगावाट उत्पादन हुने अनुमान

काग तिहारमा प्रधानमन्त्री बालेनको शुभकामना, पशुपन्छीप्रतिको प्रेम र सद्भाव बढाउन आग्रह

ब्रेक फेल भएर अर्घाखाँचीमा बस दुर्घटना, ३० जना सवार

‘अब सहुलियतपूर्ण ऋणको विकल्प छैन’ : अर्थमन्त्री वाग्ले

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

प्रेस स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धता, मिडियाका सवालमा सजग रहेको भनाइ

यसै वर्ष सुकुटे कबर्डहल निर्माण सम्पन्न गर्ने मन्त्री पौडेलको प्रतिबद्धता

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको ज्यान गयो

नेपाल पूर्वाधार सम्मेलनअघि कानुनी सुधारलाई तीव्रता

सुनको मूल्यमा उछाल, चाँदीको भाउ पनि बढ्यो

अतिक्रमित त्रिविको जग्गा फिर्ता, अब शैक्षिक पूर्वाधारमा उपयोग गरिने

सरकारका पछिल्ला निर्णयबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक आज

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय समिति गठन

समस्याग्रस्त ७ सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता

दिल्लीमा वायु प्रदूषणको स्तरमा वृद्धि, दीपावलीमा थप खराब हुने आशङ्का

मनोज केसीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने मन्त्रिपरिषद्को निर्णय

कुखुराको मासुको मूल्य घट्यो

परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

रौतहटमा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर १९ वर्षीय युवकको मृत्यु

काठमाडौंमा गैरकानुनी रूपमा बस्दै आएका पाँच विदेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

वैकल्पिक विकास वित्त कोषको सीईओका लागि पाँच जना सर्टलिस्ट

६ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट नदिने मुख्यमन्त्रीको घोषणा

समाजसेवी हुमागाई र लामाद्वारा पुरानागाउँ स्वास्थ्य चौकीलाई औषधि सहयोग ।

धरानमा गाँजा तस्करीको प्रयास विफल, २१० किलो गाँजासहित पाँच जना प्रहरी नियन्त्रणमा

आज एनपीएलमा चार टोलीबीच प्रतिस्पर्धा, कर्णाली र चितवनको अपराजित यात्रा कायम रहला?

मझिमटारमा आकाशे पुलको गर्डर राखिँदै, मलेखु–मुग्लिङ सडक बन्द हुने

ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

सरकार स्वेच्छाचारी शैलीतर्फ अग्रसर भएको गगन थापाको आरोप

एनपीएलमा आज एक खेल हुँदै, जनकपुर र पोखराबीच प्रतिस्पर्धा

गगन थापासहित कांग्रेस शीर्ष नेताहरूको विशेष बैठक आज, के छ एजेन्डा?

नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीले कति तिर्नुपर्छ?

मिठाई पसलमा कच्चा पदार्थ, म्याद र मूल्य स्पष्ट राख्न व्यवसायीलाई निर्देशन

सिरहा अदालत परिसरबाट फरार भएका थुनुवा पक्राउ

कमला पुल निर्माण तीव्र, मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने लक्ष्य

कोरी लेकमा लेक लागेर बिरामी परेकी २५ वर्षीया युवतीको हेलिकप्टरबाट उद्धार

नेप्से परिसूचक ३१ अंकले बढ्यो, कारोबार ८ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

दिउँसो २ बजे प्रहरीको पीसीसी बैठक बस्दै

आज सुन तोलामा ३०० रुपैयाँले महँगियो

कांग्रेसका २३० केन्द्रीय सदस्यले आज शपथ लिने

इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकी प्रदेशका सर्वोत्कृष्ट प्रहरी घोषित।

चेक बाउन्स प्रकरणमा प्रशान्त बहादुर पाठक पक्राउ।

पोखरामा स्कुटर दुर्घटना हुँदा आशिष कुँवरको मृत्यु

एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

जलवायुजन्य विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्यमा जोड

चक्रवात ‘अरनब’को प्रभावले कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न सरकारले दियो आशयपत्र

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन कमजोर, सरकार गठनमा अन्योल

गाभीले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप उपलब्ध गराउने

सहकारी पीडितको पीडा सुन्दै मन्त्री रावल, बचत फिर्ताका लागि पहल गर्ने प्रतिबद्धता

बजारमा सुन महँगियो, चाँदीको मूल्य घट्यो

चितवनमा बस, ट्रक र माइक्रोबस ठोक्किए, ११ जना घाइते

राहत बोकेर विकट बस्तीमा पुग्यो रोल्पाली चेली फाउन्डेसन, ५ सय महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

रोल्पा :- बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा खाद्यान्न तथा लत्ताकपडा वितरणदेखि विकट गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनसम्म फाउन्डेसनले मानवीय सेवाको अभियानलाई निरन्तरता दिएको हो।

बर्खायाममा रोल्पाका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध हुनुका साथै कतिपय परिवार विस्थापित भएका छन्। यही कठिन परिस्थितिका बीच फाउन्डेसनले लुङ्ग्री गाउँपालिकालगायत विभिन्न प्रभावित क्षेत्रमा पुगेर झण्डै लाखौँ रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको जनाएको छ।

कठिन सडक र वर्षाको समेत पर्वाह नगरी लामो दूरी पार गर्दै पीडित परिवारको घरदैलोसम्म पुगेको फाउन्डेसनकी अध्यक्ष यमुना केसीले बताइन्। उनका अनुसार विपद्को समयमा पीडितको पीडामा साथ दिनु सामाजिक संस्थाको दायित्व हो।
“बाढीपहिरोले घरबार गुमाएका परिवारको अवस्था नजिकबाट देख्दा निकै पीडा हुन्छ। बाटो कठिन थियो, वर्षा भइरहेको थियो, तर पीडित परिवारको अनुहार सम्झिएपछि हाम्रो यात्रा रोकिएन। सहयोग सानो होस् वा ठूलो, दुःखमा परेका आफ्नै दाजुभाइ–दिदीबहिनीको साथमा उभिन सक्नु नै ठूलो कुरा हो,” अध्यक्ष केसीले भनिन्।

राहत अभियानसँगै फाउन्डेसनले स्वास्थ्य सेवाबाट टाढा रहेका महिलालाई लक्षित गर्दै लिवाङ नगरपालिका–४ मा पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ। फाउन्डेसनको आयोजना तथा भक्तपुर इन्टरनेशनल हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा झण्डै ५०० महिलाले नाम दर्ता गरी स्वास्थ्य परीक्षण तथा परामर्श लिएका छन्।

शिविरमा महिलाको स्वास्थ्य परीक्षणसँगै पाठेघर तथा स्तनसम्बन्धी समस्याको प्रारम्भिक पहिचान, स्वास्थ्य परामर्श तथा आवश्यक सुझाव प्रदान गरिएको थियो। परीक्षणका क्रममा थप जाँच आवश्यक देखिएका केही महिलालाई सम्बन्धित अस्पतालमा गएर आवश्यक परीक्षण तथा उपचार गराउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।

फाउन्डेसनकी अध्यक्ष केसीले करिब १८ घण्टाको लामो यात्रा पार गरेर विकट क्षेत्रमा पुगेर महिलालाई निःशुल्क स्वास्थ्य सेवा दिन पाउँदा आफूहरू उत्साहित भएको बताइन्।

“स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दिदीबहिनीहरूको स्वास्थ्य परीक्षण गर्न पाउनु हाम्रो लागि महत्वपूर्ण अवसर हो। विकट क्षेत्रमा पुगेर सेवा दिन पाउँदा अझै धेरै सामाजिक काम गर्न प्रेरणा मिलेको छ,” उनले भनिन्।

समाजसेवी तथा सामाजिक अभियन्ता आशमा राउतले विकट क्षेत्रका महिलालाई घरआँगनमै स्वास्थ्य सेवा र परामर्श उपलब्ध गराउने अभियानले स्वास्थ्य चेतना बढाउनुका साथै समयमै समस्या पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

त्यस्तै, डा. अनु शाह शर्माले महिलामा देखिने पाठेघर तथा स्तनसम्बन्धी स्वास्थ्य समस्या समयमै पहिचान गर्न सके उपचार सहज र प्रभावकारी हुने बताइन्। शिविरमा थप परीक्षण आवश्यक देखिएका महिलालाई अस्पतालमा गएर चिकित्सकीय परामर्श लिन सुझाव दिइएको उनले जानकारी दिइन्।

स्थानीय महिलाहरूले विकट क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा निःशुल्क रूपमा प्राप्त गर्न पाउँदा आफूहरूलाई ठूलो राहत मिलेको बताएका छन्। उनीहरूले आगामी दिनमा पनि यस्ता स्वास्थ्य तथा सामाजिक अभियानलाई निरन्तरता दिन आग्रह गरेका छन्।

रोल्पाली चेली फाउन्डेसनले केही समयअघि पनि रोल्पामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो, जसबाट ५०० भन्दा बढी नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। स्वास्थ्य सेवा, विपद्का बेला राहत तथा अन्य सामाजिक कार्यमार्फत फाउन्डेसनले मानवीय सेवाको अभियानलाई निरन्तरता दिँदै आएको छ।

अध्यक्ष केसी स्वयं रोल्पाकी चेली हुन्। जन्मभूमिको पीडा र आवश्यकता आफ्नै भएको बताउँदै उनले आगामी दिनमा पनि समस्या परेका ठाउँमा पुगेर सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

“रोल्पा हाम्रो माटो हो, यहाँका दुःख र पीडा हाम्रा आफ्नै हुन्। सकेसम्म जहाँ समस्या छ, त्यहाँ पुगेर सहयोग गर्ने हाम्रो प्रयास निरन्तर रहन्छ,” उनले भनिन्।

बाढीपहिरोको जोखिमबीच पीडितको घरदैलोमा राहत पुर्‍याउनेदेखि विकट गाउँका महिलालाई स्वास्थ्य सेवा उपलब्ध गराउनेसम्मका अभियानले रोल्पाली चेली फाउन्डेसनलाई विपद्मा साथ र स्वास्थ्य सेवामा भरोसाको सामाजिक अभियानका रूपमा स्थापित गर्दै गएको देखिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय