काठमाडौँ :- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। राष्ट्रियसभा बिहान १०ः१५ बजे र प्रतिनिधिसभा दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ।
प्रतिनिधिसभामा नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक तथा समुद्री जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता कार्यसूचीमा छन्।
कानुनमन्त्री सोविता गौतमले यी प्रस्तावहरू सदनमा प्रस्तुत गर्नेछिन् भने युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव राख्नेछन्।
राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।












