काठमाडौँ :- रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको अकल्पनीय बाढीमा ज्यान गुमाएका नागरिकको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। राष्ट्रिय शोकका अवसरमा नेपालका सरकारी कार्यालयदेखि विदेशस्थित नेपाली दूतावास तथा नियोगसम्म राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
बाढीबाट भएको मानवीय क्षतिको विवरणअनुसार हालसम्म १ हजार ३४२ जनाको मृत्यु भएको छ। ४ हजार ९९६ जना अझै सम्पर्कमा आउन नसकेको तथा ६ हजार ८३ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
उद्धार तथा राहत कार्यलाई निरन्तरता दिँदै २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रभावित क्षेत्रबाट १३ हजार ३९१ जनाको उद्धार भइसकेको छ।












