पर्सा :- पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा प्रहरीले छापा मारेर आठ जनालाई नियन्त्रणमा लिएको छ।
गोलडेन फिङ्गर गेमिङ जोनमा नेपालीलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना पाएपछि प्रहरीले कारबाही गरेको हो। पक्राउ पर्नेमा स्याङ्जाका ३६ वर्षीय प्रदीप पौडेलसहित वीरगञ्ज र महोत्तरीका चार क्यासिनो कर्मचारी छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।












