काठमाडौँ :- आज सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको मूल्यसँगै सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७ सय ६५ रुपैयाँ कायम भएको छ।












