काठमाडौं :- भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग जुटेको छ।
अर्थ मन्त्रालयका अनुसार बुधबार दिउँसोदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा उक्त रकम जम्मा भएको हो। भीषण बाढीपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेसँगै व्यक्ति तथा संस्थाबाट सहयोग आउने क्रम सुरु भएको थियो।












