काठमाडौँ । भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवाका क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको छ।
उद्धार तथा राहत सामग्रीसहित सुरक्षा टोली प्रभावित क्षेत्रमा पठाइएको सरकारले जनाएको छ।
गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई आवश्यक निर्देशनसहित ब्रिफिङ गर्दै खोजी, उद्धार र राहत कार्यमा समन्वय कायम गर्न निर्देशन दिएका छन्।












