काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर तथा आसपासका बस्तीको स्थलगत निरीक्षणमा पुगेका छन्।
उनी पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित आज बिहान सडकमार्ग हुँदै विदुर पुगेका हुन्।
निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट भएको भौतिक क्षतिको अवस्था बुझ्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, उद्धार तथा पुनर्स्थापनाबारे छलफल गर्नेछन्।
प्रभावित क्षेत्रमा राहत पुर्याउने र अवरुद्ध पूर्वाधार तत्काल सञ्चालनमा ल्याउने विषयमा आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।












