काठमाडौँ । रसुवामा आएको बाढीपछि विभिन्न क्षेत्रमा रहेका ३८४ पर्यटक सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सी, पर्यटक गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँगको समन्वयपछि पर्यटकहरू सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरेको हो।
बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा २९१ विदेशी र ९३ नेपाली पर्यटक छन्। १११ जनाको राष्ट्रियता खुल्न सकेको छैन भने ३७ जना एनआरआई रहेको उल्लेख छ।












