काठमाडौं :- बुधबारको सेयर बजारमा सकारात्मक संकेत देखिएको छ। साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १५.४४ अंकले बढेर २,५३८.११ विन्दुमा बन्द भएको छ।
आज बजारमा ७२ लाख ५८ हजार कित्ता सेयरको कारोबार भएको छ। ३९ हजार ५३१ पटकको कारोबारबाट कुल २ अर्ब ९३ करोड ६५ लाख ६० हजार १६७ रुपैयाँ बराबरको कारोबार भएको हो। अघिल्लो दिनको तुलनामा कारोबार रकम केही बढेको छ।
बुधबार ३५४ कम्पनीको सेयर कारोबार हुँदा १८७ कम्पनीका लगानीकर्ताले मूल्य वृद्धिबाट लाभ लिए। ८१ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो।
आजको कारोबारमा अप्पर लघुवित्त वित्तीय संस्था, माथिल्लो मैलुङ खोला जलविद्युत् र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था सबैभन्दा धेरै बढ्ने कम्पनी बने।












