विराटनगर :- विराटनगर–१६ दरैयाको कोलर चोकबाट सशस्त्र प्रहरीले ६० किलो गाँजा बरामद गरेको छ।
मंगलबार राति जाँचका लागि रोक्न खोज्दा ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानका चालक गाडी छाडेर फरार भएका थिए।
भ्यान खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा भेटिएको सशस्त्र प्रहरीले जनाएको छ। भ्यान र गाँजा नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ।












