काठमाडौं :- दक्षिणपश्चिमी फ्रान्सको पोमास गाउँमा शक्तिशाली टोर्नाडो आउँदा ४१ जना घाइते भएका छन्। आँधीले करिब ३०० घरमा क्षति पुर्याएको स्थानीय अधिकारीहरूले बताएका छन्।
घाइतेमध्ये १५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ। टोर्नाडोले घरका छाना उडाउनुका साथै गाउँका विभिन्न संरचनामा क्षति पुर्याएको छ।
उद्धारका लागि १२० भन्दा बढी कर्मचारी परिचालन गरिएको छ। घर भत्किँदा एक गर्भवती महिला घाइते भएको उनका श्रीमान्ले जानकारी दिएका छन्।
आँधीका कारण दक्षिणपश्चिमी फ्रान्सका केही स्थानमा विद्युत् र यातायात सेवा प्रभावित भएको छ।












